आइतबार, पुष २७, २०८२

प्रचण्ड बालुवाटार छोडेर पुगे खुमलटार

मेरोन्यूज २०८१ असार २८ गते १९:१७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार गएका छन् ।

प्रचण्ड खुमलटार पुग्दा स्थानीयले उनलाई स्वागत गरेका हुन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका थिए । उनी शीतल निवासबाट सिधै खुमलटार गएका हुन् ।

प्रतिक्रिया