वर्षातको समयमा एलर्जी किन हुन्छ ?

प्राय:जसो मौसम परिवर्तन हुँदा मानिसहरुमा एलर्जी हुनु स्वभाविक हो। विशेषगरी वर्षातको समयमा धेरै मानिसहरुमा छालामा चिलाउने, पोल्नेजस्ता समस्या देखिन्छन्। हेर्दा सामान्य लाग्छ ।
तर, यो वर्षातको मौसम र पानीले मानिसको स्वास्थ्यमा पनि असर गरिरहेको हुन्छ। यो समयमा छालामा एलर्जी, आँखा र कपालमा पनि समस्या देखिन सक्छ।
यति मात्र नभएर नङमा आउने परिवर्तन, रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता समस्याहरु एलर्जीकै आकार-प्रकार हुन्। वर्षातको समयमा हावामा यसैपनि नमी हुन्छ।
यो नमीको कारणले हाम्रो भित्री अंगहरुमा चिसो पसेको, असर गरेको हामीलाई थाहा हुँदैन्। त्यो चिसोको कारणले हुने परिवर्तन नै छालाले एलर्जीको रुपमा देखाउँछ। हावामा भएको नमीलाई नाकको माध्यमबाट श्वासप्रश्वास गर्दा हावामा भएको नमीले रुघाखोकी, टन्सिल, टाउको दुख्ने समस्या आउँदछ।
र, श्वासभित्र जाँदा भित्री अंग फोक्सोमा असर गरेपछि छालामा चिलाउने, पोल्नेजस्ता समस्या आउँछ।
यसका कारणः
वर्षातको मौसममा दुषित पिउनु पानीले पनि शरीरलाई असर गर्दछ। सकेसम्म पानीलाई शुद्धीकरण गरेर पनि पिउनु पर्दछ। यस मौसममा सकेसम्म बाहिरको खाना खान हुँदैन्।
बाहिरको रेस्टुरेन्टमा पकाउने खानामा प्रायः धाराको पानी प्रयोग गरिएको हुन्छ। यदि त्यो पानीको ब्याक्टेरिया जीवित छ भने पेटमा यसले समस्या निम्त्याउने गर्छ । हेपाटाइटिसजस्ता धेरै रोगहरुको शिकार भइन्छ।
यसबाट बच्ने उपाय :
वर्षातको समयमा घर कोठाभित्र हावाको आवतजावत राम्रो हुनुपर्छ।र, घरको सर-सफाईमा बढी ध्यान दिनुपर्छ घरको भुँइ सकेसम्म सुख्खा बनाइ राख्नुपर्छ। सो समयमा हामीलाई सबैलाई फ़्राइड र मसलादार खाना, नास्ता आदि खान इच्छा हुन्छ। तर, हामीले यस समय सकेसम्म स्वस्थ खाना खानुपर्छ। पानी परेको बेलामा सकभर भिज्नु हुँदैन्। वर्षातको पानीमा धेरै रोगहरु हुन्छ। यसले हाम्रो शरीरलाई र छालालाई असर गर्छ। यसले हाम्रो शरीरलाई र छालालाई असर गर्छ ।
छालामा साना-साना बिबिरा आउने र चिलाउने
छालामा यस्ता खालको कुनै समस्या देखा परेमा घ्युकुमारीको जेललाई छालामा लाउँदा चिलाउने, पोल्ने समस्या केहि हदसम्म निको हुन्छ। यदि डाबर जस्तो छ र चिलाउने गर्छ भने निमको पात घ्युकुमारीसँगै पिसेर छालामा लगाउँदा पोल्ने चिलाउने कम हुन्छ।









एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल शाह
इरानको सीमामा सुरक्षाकर्मीले गोली चलाउँदा १० जना अफगानीको मृत्यु
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
वामपन्थीलाई एकता प्रक्रियामा सहभागी हुन नेकपाको आह्वान
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
प्रतिक्रिया