‘के घर के डेरा: घर नम्बर २’ मा लामिछाने अनुबन्ध

काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध गरिएको छ ।
जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । दीपेन्द्र के. खनालले फिल्मलाई निर्देशन गर्नेछन् । खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ ।
‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता पुस्तकका लेखक बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । आगामी साउन २५ गतेबाट छायांकन सुरु हुने फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्मातामा छन् । कार्यकारी निर्माता भने युवराज कार्की हुन् । फिल्मका लागि खगेन्द्रबाहेक अरु कलाकार फाइनल भएका छैनन् ।
ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने निश्चित भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो ।










एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
प्रतिक्रिया