बाराद्धारा जिल्लाको मानव अधिकारको अवस्था बारे अन्तरक्रिया

मानव अधिकार एलाईन्स बाराले बारामा मानव अधिकारको अवस्था विषयमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो २५औँ स्थापना दिवसको अवसर पारेर बाराको निजगढमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमका सहभागीहरुहले बारा जिल्लामा मानव अधिकार हननका घटना व्यापक रुपमा बढेको बताएका थिए ।
पछिलो समय जिल्ला सदरमुकामनजिकै भएको हत्याको घटना र अन्य हिंसाका घटना भएको आधारमा सहभागीहरुले जिल्लामा मानव अधिकार हननका घटना बढेको बताएका हुन ।
संविधान सभाका सदस्य एवंम नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीको विशेष उपस्थितिमा भएको सो कार्यक्रम नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रीय सदस्य कृष्ण लामा, एमालेकी नेता टिना सुवेदीलगायतको उपस्थिति रहेको थियो । मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण श्रीराम साहले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गरेका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया