माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग
मेरोन्यूज
२०८१ असार ३० गते १७:५९

कोलम्बो। यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराएका हुन् ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार आयोजित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए) को प्रतिज्ञा सम्मेलनका क्रममा उक्त सहयोगको घोषणा गरिएको हो ।
माल्दिभ्स सरकारले प्यालेस्टाइनलाई दिने वार्षिक पाँच हजार अमेरिकी डलर अनुदानमा १० गुणाले वृद्धि गरी यस वर्ष ५० हजार अमेरिकी डलर पु¥याएको नासिरले बताए ।
माल्दिभ्सका प्रतिनिधि मोहम्मदले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो आर्थिक सहयोग बढाउन र यूएनआरडब्लूए पहललाई अगाडि बढाउन राजनीतिक दायित्व पूरा गर्न पनि आग्रह गरे ।
सम्बन्धित
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया