ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुँदै

काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रगताम्य अनुहार सहित स्टेजबाट सेक्रेट सर्भिस अफिसरको सहयोगमा हावामा मुट्ठी हल्लाउँदै बाहिरिएको दृश्यले अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको माहोल नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।
शनिबार ट्रम्पले अमेरिकाको पेन्सिल्भेनियामा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा गोली चलेको थियो । यो र्यालीमा पटक पटक गोली चलेको आवाज सुनिएको थियो । सो घटनामा ट्रम्पको कानको छेउमा गोली लागेको थियो ।
गोलीको आवाज आएपछि अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई सुरक्षा कवचमा लगे र तुरुन्तै उनलाई स्टेजबाट उतारेर कारमा लगे । यस क्रममा रगताम्य देखिएका ट्रम्पले आफ्नो मुट्ठी समातेर आफ्ना समर्थकहरूलाई हौसला प्रदान गरेको देखियो । घटनास्थलबाट बाहिरिने क्रममा ट्रम्पको दाहिने कानमा हात थियो, जहाँबाट रगत बगिरहेको थियो ।
राजनीतिक हिंसाको यो चकित पार्ने घटनाले अमेरिकाको चुनावी अभियानमा प्रभाव पार्न सक्ने विश्लेषण हुन थालेको छ । अमेरिकी गोप्य सेवाका एजेन्टहरूले ट्रम्पमाथि आक्रमण गरेको आशंका गरिएका व्यक्तिमाथि गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
हावामा मुट्ठी हल्लाउँदै घाइते ट्रम्पको तस्बिर तत्कालै उनका छोरा एरिक ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले लेखेका छन्, ‘यो अमेरिकालाई चाहिने लडाकु हो ।’
गोलीबारी लगत्तै राष्ट्रपति जो बाइडेन टिभीमा आए र अमेरिकामा यस प्रकारको राजनीतिक हिंसाको लागि कुनै ठाउँ नभएको बताए । उनले आफ्नो प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेदवारको लागि चिन्ता व्यक्त गरे र ट्रम्पसँग कुरा पनि गरे ।
बाइडेनको चुनावी अभियानले तत्कालका लागि सबै राजनीतिक आरोपहरु रोकेको छ र ट्रम्पप्रति आक्रामक रहेका टेलिभिजन विज्ञापनहरू सकेसम्म चाँडो हटाउँदैछ । यस समयमा ट्रम्पलाई राजनीतिक रूपमा आक्रमण गर्नु गलत हुने उनीहरुको विश्वास छ । बरु उनीहरु शनिबारको घटनाको निन्दा गर्नमा केन्द्रित छन् ।
अमेरिकाका सबै राजनीतिक दलका नेताहरू, जो अरू कुनै कुरामा सहमत नहुन सक्छन्, अहिले लोकतन्त्रमा हिंसाको कुनै ठाउँ छैन भनी एकसाथ भनिरहेका छन् । पूर्व अमेरिकी राष्ट्रपतिहरू बराक ओबामा, जर्ज डब्लु बुश, बिल क्लिन्टन र जिमी कार्टरले तुरुन्तै हिंसाको निन्दा गर्दै ट्रम्पलाई गम्भीर चोट नलागेको भन्दै घटनाको निन्दा गरेका छन् ।
तर ट्रम्पका केही निकटतम सहयोगी र समर्थकहरूले यस हिंसाको लागि राष्ट्रपति बाइडेनलाई दोष दिइरहेका छन्। रिपब्लिकन पार्टीका एक नेताले सामाजिक सञ्जालमा एक पोस्टमा राष्ट्रपति बाइडनलाई ‘हत्यालाई उक्साएको’ आरोप लगाएका छन्।
सिनेटर जेडी भान्सले बाइडेनको चुनावी अभियानको बयानबाजीले यो घटनालाई प्रत्यक्ष रूपमा निम्त्याएको आरोप लगाएका छन् ।















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया