पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल
मेरोन्यूज
२०८१ असार ३१ गते १७:३५

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले भने, ‘पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा सम्बोधन गर्ने काम गर्नेछु ।’
यातायात क्षेत्रको सुधारका लागि मन्त्री दाहालले राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने समेत उल्लेख गरे। उनले पछिल्लो समय सडक दुर्घटनाका घटना बढिरहेको भन्दै त्यसलाई कम गर्ने गरी नीति बनाउने प्रतिबद्धता जनाएका छन् ।
‘सडक दुर्घटना बढिरहेका छन्, दुर्घटना न्यूनीकरणका लागि नीतिगत व्यवस्था तय गर्ने योजना बनाएको छु’, उनले भने, ‘ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरूको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु ।’
सम्बन्धित













कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवको क्षण : राष्ट्रपति
९ बुँदे सहमतिसहित थारु अभियन्ता रास्वपामा समाहित
हत्यामा संलग्न चार युवा पक्राउ
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया