नगरप्रमुखको तलव र सेवा, सुविधाको पैसावाट रगत संकलन भ्यान खरिद

महोत्तरी। महोत्तरी बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अहिलेसम्मको तलववाट रगत संकलन गर्ने भ्यान खरिद गर्ने भएका छन ।
उक्त भ्यान खरिद गर्न नेपाल रेडक्रस सोसाइटी बर्दिवास शाखालाई आइतबार नगरप्रमुख क्षेत्रीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गरेका हुन ।
आइतबार आफ्नो २५ औ वैवाहिक बार्षिकत्सवको अवसर पारेर उक्त पैसा हस्तान्तरण गर्दै उन्ले अव रगतको अभावमा कोहीपनी अकालमा नै ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना नहुने वताए ।
तर नगरप्रमुख क्षेत्रीले कार्याकालको यो अवधिसम्म पाएको पुर्ण तलव भने हैन । भन्सार छुट गरेर उक्त भ्यान खरिद गर्न झण्डै ७ लाख खर्च हुने अनुमान गरेर यो पैसा रेडक्रसलाई दिएको र वाकी रहेको पैसा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि खर्च गर्ने उन्को भनाई छ ।
निर्वाचित भएलगत्तै तलव र गाडीको सुविधा नलिने घोषणा गरेका नगरप्रमुख क्षेत्रीले प्रतिवद्वता अनुसार नै सेवा, सुविधा वापतको रकम सामाजिक सेवामा खर्च गरेका हुन ।
`नगर क्षेत्रमा रेडक्रस सोसाइटीले कहिलेकाही गाउँ -गाउँ पुगेर रगत संकलन कार्यक्रम राख्छ । त्यसैले यो भ्यान निक्कै उपयोगी सावित भएको छ ।´ रेडक्रस सोसाइटी महोत्तरीका कार्यसमिति सदस्य मुकुन्द पौडेलले भने । `नगरप्रमुख क्षेत्रीको सेवा, सुविधा वापतको पैसा सहि ठाउँमा सदुपयोग भएको छ ।´
निर्वाचित भएसगैँ घोषणा गरेको प्रतिवद्वता कार्यान्वयनमा ल्याएपछी स्थानियहरुले खुसी ब्यक्त गरेका छन ।
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया