विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८१ असार ३१ गते २०:४६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा गएराति पक्राउ गरिएको हो ।”
निज घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद् भएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।
सम्बन्धित













कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवको क्षण : राष्ट्रपति
९ बुँदे सहमतिसहित थारु अभियन्ता रास्वपामा समाहित
हत्यामा संलग्न चार युवा पक्राउ
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया