ओली सरकारको पहिलो बैठकका १० निर्णय सार्वजनिक

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनको अनुसार बैठकले लोकतन्त्र स्थापना गर्न योगदान ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । यस्तै बैठकले हालैको दिनमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । यस्तै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ ।
यस्तै बैठकले बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत प्रदान गर्ने निर्णय पनि गरेको गुरुङले जानकारी दिए ।
यस्तै ०८२ सम्म असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
यसैगरी कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट निर्माण र प्याराफिट निर्माण ३०० दिनभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी बाढी, पहिरोमा बेपत्ता भएर १० दिनसम्म पनि फेला नपर्नेका परिवारलाई मृतक सरह राहत दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने र प्रधानमन्त्री कार्यालयकी निमित्त सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय बैठकले गरेको गुरुङले जानकारी दिए ।
उनले मन्त्रिपरिषद्को निर्णयहरू २४ घण्टासम्म गोप्य रहने भन्दै आगामी दिनमा बैठकलगत्तै जानकारी नगराइने र २४ घण्टापछि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए ।
















यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
एमाले अध्यक्ष ओलीले गरे हुलाकी राजमार्गको अवलोकन
साेमबार पनि घट्याे नेप्से, काराेबारमा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रतिक्रिया