सञ्चालनमा आएन ११ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर

ढोरपाटन (बागलुङ) । ११ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
गत असार २१ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै भासिएपछि बागलुङ सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएको छ ।
सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण सडक माथिदेखि निरन्तर पहिरो खस्दा सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पहिरोले बगाएको सडकमा ग्याविनसहितको पर्खाल उठाउनुपर्ने भएकोले सञ्चालन गर्न समय लाग्ने उनले बताए। करिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेको यादवले बताए ।
उनले भने, “सामान्य वर्षा हुँदा पनि माथिदेखि पहिरो खसिहाल्छ, एक साता अगाडि सञ्चालन ल्याउन कोशिस गरेको हो, केहीबेर गाडी चले पनि फेरि वर्षा भएपछि सडक बीच बाटै बगेको छ, सवारी आवतजावत गर्न समस्या छ ।”
सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसहित करिडोर हुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । दक्षिण बागलुङका नागरिक पर्वतको कुश्मा हुँदै यात्रा गर्न बाध्य छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया