नेपालगञ्जमा मोहरमलाई लक्षित गरेर निगरानी बढाइँदै
नेपालगञ्ज । मुस्लिम समुदायको मोहरमपर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले नेपालगन्ज आसपासमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल र स्कुटर चलाउनेमाथि निगरानी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनले भारतबाट आवतजावत गर्ने सवारीसाधनको जाँच गरिएको र केही समयका लागि संवेदनशील क्षेत्रलाई निगरानीमा राखिएको बताए । चाडपर्वका समयमा उच्छृङ्खल व्यवहार नगर्न र घरेलु हतियार लिएर नहिँड्न सार्वजनिक अनुरोध गरिनुका साथै हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल, स्कुटर चलाउनेविरुद्ध विशेष अभियान चलाइएको प्रजिअ रिजालले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शान्तिसुरक्षाका लागि ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहरमपर्वलाई लक्षितगरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत निगरानी भइरहेको बताए ।
गएको तीन दिनमा ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल र स्कुटर चालक एक सय २३ जना कारबाहीमा परेका छन् । वडा प्रहरी कार्यालयका अनुसार बुधबार मोहरमपर्व समापन भइसकेपछि आवश्यक जरिवाना लिएर ती नियन्त्रणमा रहेका सवारीसाधन चालकलाई फिर्ता गरिने जनाइएको छ ।
मोहरमपर्व चलिरहेका बेला नेपालगञ्ज ११ टाँगा स्टेशन नजिक मोटरसाइकल र स्कुटरमा आएका व्यक्तिले धारिलो हतियारको प्रयोग गरेर एक जना युवकको हत्या गरेपछि प्रहरी प्रशासनले मोटरसाइकल र स्कुटरमा विशेष निगरानी बढाउनुका साथै घरेलु हतियार नबोक्न सूचना निकालेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गरेर मोहरमपर्वका बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिनाकाम राति हिँडेको, रडलगायत घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्रगतिमा तथा नियम विपरीत चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया