आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने

त्रिवेणी (रुकुमपश्चिम) । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताएका छन् ।
आठबिसकोट– ११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गरे ।
सोमबार राति आठबिसकोट–११ को सिमबजार र वडा नं १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पु¥याएको थियो । प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताए ।
बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिबद्धता जनाए। साथै घाइते भएकाहरुको उपचारमा सरकारले सहयोग गर्ने उनले बताए । मनसुनजन्य विपद्बाट सुरक्षित रहन सर्तकता अपनाउन पनि उनले जिल्लावासीलाई आग्रह गरे ।
सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाढीका कारण नौ जना घाइते भएका छन्भने दर्जनबढी घर क्षति भएका छन् । साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।
















एमाले खेलकुद विभाग सदस्य श्रेष्ठसहित दर्जनौं नेकपामा प्रवेश
Election as per NCP’s demand: Coordinator Dahal
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
2 in cardiac arrest after military helicopter crashes in S. Korea
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया