शाहरुख खानसँग काम गरेपछि तापसीले तीन गुणा बढाइन् पारिश्रमिक

काठमाडौं । भारतीय अभिनेत्री तापसी पन्नु लामो समयदेखि चर्चामा छैनन् । गत वर्ष शाहरुख खानसँग फिल्म ‘डंकी’मा देखा परेपछि अभिनेत्री तापसीको लोकप्रियता हिन्दी सिनेमामा निकै बढेको पाइएको थियो ।
एक वर्ष अघिसम्म अभिनेत्रीले एक फिल्मका लागि ४ देखि ५ करोड भारु पारिश्रमिक लिन्थिन् । तर अहिले भने उनले एउटा फिल्मका लागि १२ देखि १५ करोड पारिश्रमिक मागिरहेकी छन् ।
तापसीले गत वर्ष निर्माताको रूपमा आफ्नो पहिलो फिल्म ‘धक धक’ बनाएकी थिइन् । अहिले उनी आफ्नो हरेक फिल्ममा निर्माता बन्न खोजिरहेकी छिन् । फिल्मले नाफा कमायो भने त्यसको निश्चित प्रतिशत उनको कम्पनीले पनि पाउँछ । यस रणनीतिका कारण तापसीले खासै नयाँ फिल्म गरिरहेकी छैनन् । यतिबेला अभिनेत्रीले आफूलाई नायक जत्तिकै महत्त्व दिने र मुनाफामा हिस्सा पाउने फिल्ममा बढी फोकस गरिरहेको बताइन्छ ।
तापसीको आगामी फिल्म फिर आयी हसीन दिलरुबा ओटीटीमा रिलिज हुँदैछ। यो फिल्म उनको चर्चित फिल्म ‘हसीन दिलरुबा’ ‘फिर आयी हसीन दिलरुबा’ को सिक्वेल हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया