मंगलबार, वैशाख १५, २०८३

सिरियल ‘भुन्टी’ अब कान्तिपुर टिभीबाट हेर्न सकिने

मेरोन्यूज २०८१ साउन २ गते २०:३२

काठमाडौं । नेपाली सिरियल ‘भुन्टी’ टेलिभिजनमा पनि प्रसारणमा आउन थालेको छ। 

Advertisement
NiccNicc

युट्युबमा लोभलाग्दो भ्युज पाउँदै आएको यो सिरियल मंगलबारदेखि कान्तिपुर टिभी एचडीमा प्रसारण हुन थालेको हो।

सिरियलको पछिल्लो एपिसोड हिजो राती ९ बजेदेखि टेलिभिजनमा प्रसारण भयो। ९ः १० बजे युट्युबमा स्ट्रिमिङ गरियो।

यसअघि सिरियल मंगलबार ८ बजे युट्युबमा प्रसारण हुने गरेको थियो।

आशा फिल्मस्को प्रस्तुति रहेको सिरियलको अहिलेसम्म २२३ भाग प्रसारणमा आएको छ।

भुन्टी अहिलेको समयमा युट्युबमा सबभन्दा धेरै भ्युज पाउने सिरियल हो।

प्रतिक्रिया