साइकल प्रवर्धनको लागि नेपालकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुने

काठमाडौं । देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आयोजना हुने भएको छ । उक्त जात्रा शनिवार साउन ५ गते आयोजना हुने भएको हो ।
करिब ४,००० साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुइ लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् । हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्नेछ ।
यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिंगालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ । सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौं कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भई काठमाडौं उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ ।
साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौं कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकको रुपमा सहभागी भएको छ ।
ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले भने, ‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसंगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ ।’
साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकोले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरुको संख्या ३४% पुगेको थियो ।
यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने काम पनि भैरहेको छ र यसमा स्थानीय महिला समुहहरु र युएसएआईडी स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।
कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पांगो, ललितपुर महानगरपालिका, युएसएआईडी,स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।
















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया