अस्पतालभित्रै धमलालाई कुटपिट : मेयर हर्कका सात समर्थक सार्वजनिक, प्रहरीले मुद्दा अघि बढायो

सुनसरी । सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो ।
बीपी प्रतिष्ठानभित्रको सीसीटीभी फुटेजमा महिलाहरूले धमलालाई तानेर लछारपछार गरिरहेको देख्न सकिन्छ । कुटपिटमा उत्रिएपछि अन्यले धमलालाई बचाउने कोसिस गरेका थिए ।
प्रहरीले उक्त घटनापछि बुधबार नै कुटपिटमा संलग्न ५ जना महिलालाई बीपी प्रतिष्ठान हातातबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखेको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका सातैजनालाई बिहीबार सार्वजनिक गर्दै अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाएको छ ।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया