अस्पतालभित्रै धमलालाई कुटपिट : मेयर हर्कका सात समर्थक सार्वजनिक, प्रहरीले मुद्दा अघि बढायो

सुनसरी । सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो ।
बीपी प्रतिष्ठानभित्रको सीसीटीभी फुटेजमा महिलाहरूले धमलालाई तानेर लछारपछार गरिरहेको देख्न सकिन्छ । कुटपिटमा उत्रिएपछि अन्यले धमलालाई बचाउने कोसिस गरेका थिए ।
प्रहरीले उक्त घटनापछि बुधबार नै कुटपिटमा संलग्न ५ जना महिलालाई बीपी प्रतिष्ठान हातातबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखेको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका सातैजनालाई बिहीबार सार्वजनिक गर्दै अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाएको छ ।
















आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया