बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ ।
मन्त्रालयका अनुसार, कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ ।
दोलखामा दुई हजार चार सय ७६ हेक्टर र धादिङमा छ हजार ४६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । काठमाडौँमा पाँच हजार ३७ हेक्टर, भक्तपुरमा दुई हजार सात सय १५ हेक्टर, चितवनमा १८ हजार आठ सय ७८ हेक्टर, मकवानपुरमा पाँच हजार आठ सय ५९ हेक्टर र नुवाकोटमा सात हजार सात सय ५८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ ।
सिन्धुलीमा आठ हजार ५६ हेक्टर, रामेछापमा पाँच हजार एक सय ८७ हेक्टर, काभ्रेपलान्चोकमा सात हजार चार सय ३३ हेक्टर, रसुवामा सात सय ८३ हेक्टर र सिन्धुपाल्चोकमा पाँच हजार सात सय हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया