क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स

काठमाडौँ । भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन् ।
हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा राम्ररी चलिरहेको थिएन। आईपीएल २०२४ मा नताशाले आफ्नो इन्स्टा ह्यान्डलबाट हार्दिकसँगका सबै तस्बिर पनि हटाएकी थिइन् । त्यति बेला देखि नै उनीहरुको सम्बन्ध राम्रो नभएको चर्चा मिडिया र सामाजिक सञ्जालमा भइरहेको थियो । अब दुवैले आपसी सहमतिमा एकअर्काबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
हार्दिकले लेखेका छन्, ‘४ वर्ष सँगै बसेपछि नताशा र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं । हाम्रा लागि यो कठिन निर्णय हो, हामीलाई अगस्त्यको आशीर्वाद प्राप्त भयो, जो हामी दुवैको जीवनको केन्द्रबिन्दु बन्नेछौं र हामी सह-अभिभावकको रुपमा उनको हेरचाह गर्ने छौं । हामी यो कठिन र संवेदनशील समयमा हामीलाई गोपनीयता प्रदान गर्नको लागि तपाईंको समर्थन र समझदारीको लागि हार्दिक अनुरोध गर्दछौं ।’
हार्दिक पाण्डेयले गत वर्ष फेब्रुअरी १४ मा नताशा स्टान्कोभिकसँग क्रिश्चियन र हिन्दू परम्परा अनुसार विवाह गरेका थिए । दुवैले लामो समयदेखि एकअर्कालाई डेट गरेका थिए । हार्दिकले २०१९ मा एक पोस्टमार्फत आफू अभिनेत्री नताशासँग रिलेशनशिपमा रहेको बताएका थिए । सन् २०२० मा दुवैले इन्गेजमेन्ट गरे र एक सन्तानको अभिभावक बने । त्यसपछि दुवैले २०२० मा नै कोर्ट म्यारिज गरेका थिए । नताशा २०२० मा अदालती विवाह हुनुअघि नै गर्भवती थिइन् । विवाहपछि नताशाले अगस्त्यलाई जन्म दिएकी थिइन् ।
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया