नेपाली सेनाबाट करिब १५ सय किलोमिटर सडक निर्माण

काठमाडौँ। नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार ४११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिब्रिज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनालाई विकास निर्माण र विपद व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ ।
नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए ।
हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर–दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।
हाल निर्माणाधीन आयोजना दार्चुला–टिङ्कर ७९ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर–बगर–दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोघप्पा खण्ड) १०.५१ किमी हुन् ।
मुलुकको सर्वाधिक महत्वको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना (७०.९७७ किमी) पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताए ।
सेनाले यसअघि सुर्खेत–जुम्ला ८८ किमी, बेनी–जोमसोम ९१ किमी, छिञ्चु–जाजरकोट ४५ किमी, बेंसीसहर–चामे ६५ किमी, नाग्मा–गमगढी ९४ किमी सडकको ट्रयाक खोलेको थियो ।
काठमाडौँ–तराई–मधेस द्रुतमार्गको सुरु पाइलट ट्रयाक ८० किमी, मैलुङ–स्याफ्रुबेंसी १७ किमी, जाजरकोट–डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर (गुल्मी–बागलुङ खण्ड) ७५ किमी र कडाली करिडोर (खुलालु–लैफू–सलिसल्ला खण्ड) १२२ किमी पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।













स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया