अर्थमन्त्री पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान द्वारिकाज होटल पुगेका उनले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्याएकाे योगदानको प्रशंसा गर्दै उनकाे योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए । उनले स्व श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरेका छन् ।
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। लामो समयदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्व श्रेष्ठको आजै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने उनकाे पारिवारीक स्रोतले जनाएको छ ।










समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया