सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी

सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो ।
सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालयले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ करोड ९२ लाख ५८ हजार तीन सय ७४ राजस्व सङ्कलन गरेको सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए । कार्यालयले गत आवमा रु ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो ।
सापकोटाका अनुसार आव २०८०र८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट छ सय ११ मुद्दा चलाई रु पाँच करोड ६८ लाख १३ हजार ३१ असुली भएको छ । तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट चार सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भई सो रकम असुली भएको हो । चालु आवमा रु १२ करोड १२ लाख ९२ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ ।
भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए । “भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठुला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो”, उनले भने ।
आव २०७९/८० मा रु १९ करोड ९५ लाख ४६ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकामा रु नौ करोड ३६ लाख १० हजार मात्र सङ्कलन भएको थियो । चोहरर्वा–सिराहा खण्ड विस्तार ढिलाइ हुँदा यस क्षेत्रको व्यापारमा असर परेको सापकोटाको बुझाइ छ ।











सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
फागुन २१ गतेको निर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा
सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया