आइतबार, वैशाख २०, २०८३

कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए : घनश्याम भुसाल

मेरोन्यूज २०८१ साउन ५ गते १७:१७
This image has an empty alt attribute; its file name is Ghansashyam-Bhusal.jpg.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएका छन् ।

Advertisement
NiccNicc

शनिबार काठमाडौँमा बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता भुसालले राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका हुन् ।

‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके। अन्तबाट पनि सिके होलान्। कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमा भन्ने लाग्छ मलाई। हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ,’ उनले भने, ‘उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ। कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ। हामीले आफू जस्तै बनायौँ।’

नेता भुसालले दलहरूले जनताको बहुदलीय जनवाद भन्दै राज्य दोहनको काम गरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया