रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

रौतहट । सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्र अन्तर्गत अवैध सालको गोलिया काठ सहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन बन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अबैध चोरीलुकी ल्याईएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन। बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन बन कार्यालय जंगलसहियामा बुझाईएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया