मुम्बईमा भवन भत्किँदा एक जनाको मृत्यु, १३ घाइते

मुम्बईको ग्रान्ड रोड क्षेत्रमा रूबिना मन्जिल नामक भवनको कौसीको केही भाग भत्किँदा एक महिलाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएको बृहान् मुम्बई नगरपालिका (बीएमसी) ले जनाएको छ ।
उक्त घटना शनिबार बिहान ११ बजे ‘ग्रान्ट रोड रेलवे स्टेशन’ नजिक भएको हो ।
“दोस्रो र तेस्रो तल्लाको केही भाग र माथिल्लो चार तले संरचना आंशिक रूपमा भत्किएको र केही भागहरू भत्किन लागेको छ,” बीएमसीले एक विज्ञप्त जारी गरी जानकारी गराएको छ ।
यस घटनामा कम्तिमा सात वा आठ जना बासिन्दाहरू चार–तले भवनको माथिल्लो तलामा फसेका र उनीहरूको मुम्बई फायर ब्रिगेड, प्रहरी, एम्बुलेन्स र कर्मचारी र नागरिकको सहयोगमा उद्धार कार्य सुरु गरिएको छ ।
“कौसीको केही भाग भत्किँदा एक जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । यहाँ एक महिलालाई मृत घोषित गरिएको र अन्यको उपचार भइरहेको छ,” मुम्बई प्रशासनले जनाएको छ ।
महाराष्ट्रमा लगातारको वर्षाले मुम्बईलाई ठप्प बनाएको छ । बर्षा र डुवानलेसार्वजनिक यातायात सेवाहरू अवरुद्ध भएको र असङ्ख्य यात्रुहरूलाई असुविधा भएको जनाइएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया