मुम्बईमा भवन भत्किँदा एक जनाको मृत्यु, १३ घाइते

मुम्बईको ग्रान्ड रोड क्षेत्रमा रूबिना मन्जिल नामक भवनको कौसीको केही भाग भत्किँदा एक महिलाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएको बृहान् मुम्बई नगरपालिका (बीएमसी) ले जनाएको छ ।
उक्त घटना शनिबार बिहान ११ बजे ‘ग्रान्ट रोड रेलवे स्टेशन’ नजिक भएको हो ।
“दोस्रो र तेस्रो तल्लाको केही भाग र माथिल्लो चार तले संरचना आंशिक रूपमा भत्किएको र केही भागहरू भत्किन लागेको छ,” बीएमसीले एक विज्ञप्त जारी गरी जानकारी गराएको छ ।
यस घटनामा कम्तिमा सात वा आठ जना बासिन्दाहरू चार–तले भवनको माथिल्लो तलामा फसेका र उनीहरूको मुम्बई फायर ब्रिगेड, प्रहरी, एम्बुलेन्स र कर्मचारी र नागरिकको सहयोगमा उद्धार कार्य सुरु गरिएको छ ।
“कौसीको केही भाग भत्किँदा एक जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । यहाँ एक महिलालाई मृत घोषित गरिएको र अन्यको उपचार भइरहेको छ,” मुम्बई प्रशासनले जनाएको छ ।
महाराष्ट्रमा लगातारको वर्षाले मुम्बईलाई ठप्प बनाएको छ । बर्षा र डुवानलेसार्वजनिक यातायात सेवाहरू अवरुद्ध भएको र असङ्ख्य यात्रुहरूलाई असुविधा भएको जनाइएको छ ।










समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया