लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
लुम्बिनी प्रदेश सभाको २४औं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथी प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको छ ।
यता नयाँ राजनितिक समिकरणका आधारमा कांग्रेस, एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आन्तरिक रुमा ह्वीप जारी गरेको जनाइएको छ । यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुर्नगठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।
केन्द्रमा कांग्रेस- एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ ।
माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
अहिले मुख्यमन्त्रीसँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक(एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया