उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।
अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।
पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए। “बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ ” उनले भने।
त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसंगै प्रत्यक घरमा एक, दुई देखि सम्पूर्ण परिवारहरुसमेत भाइरलबाट प्रभावित भइरहेका छन् ।
त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसंगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया