झापामा जैविक मल उत्पादन गर्न भैँसीपालन
मेरोन्यूज
२०८१ साउन ६ गते १०:२६

झापा । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ ।
जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ । मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताए।
“प्राङ्गरिक मल बनाउन गोबर नभई हुँदैन”, उनले भने, “भैँसीको मलमूत्र दुवै उपयोगी हुन् । गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो, ” उनले भने । सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया