मनाङ जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गरिने

मनाङ । माली जिल्ला मनाङ प्रवेश गर्ने एकमात्रै बेँसीसहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । बर्सेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी छ।
सडक जोखिमपूर्ण हुँदा बर्सेनि स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिए। सरकार र अन्य सरोकारवाला निकायसँगको समन्वय तथा साझेदारीमा सडक कालोपत्रसहित स्तरोन्नति प्रक्रिया अघि बढेको सांसद गुरुङले बताए । उनले भने, “मनाङका स्थानीयवासी र पर्यटकलाई सहज बनाउनेगरी सडक कालोपत्र हुने भएको छ ।”
सडक कालोपत्र गर्न डुम्रे–बेँसीसहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ । जलविद्युत् आयोजना निर्माणका लागि सडक स्तरोन्नति आवश्यक भएकाले सरकारको काममा सहयोग गर्ने आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानले बताए ।
उनका अनुसार भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिनेछ ।
हिउँद वर्षा दुवै याममा साना तथा ठूला सवारीसाधन सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्नेगरी योजना निर्माण भइरहेको बेँसीसहर–चामे सडक योजनाका निमित्त प्रमुख किरण पोख्रेलले बताए ।
सडक स्तरोन्नतिका क्रममा केही बस्ती प्रभावित हुने देखिन्छ । खासगरी लमजुङतर्फ स्याँगे, श्रीचौर, जगत च्याम्चे र मनाङतर्फ धारापानी गाउँका केही बस्ती सडक विस्तारका क्रममा प्रभावित हुने देखिएको हो । यस सडकमा हिउँदमा हिउँ र वर्षामा बाढीका कारण कैयौँ स्थानमा सडक अवरुद्ध हुँदा मनाङवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
दुई वर्षअघि बेँसीसहरदेखि खुदीसम्म करिब आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । यस सडकखण्डअन्तर्गतका अधिकांश भाग जोखिमपूर्ण र विस्तार गर्नुपर्ने अवस्थाका छन् ।
















सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया