सहकरी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् ।
उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए । उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडी बढ्ने नीति बनाउने बताए ।
त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताए । उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताए । प्रधानमन्त्रीले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए ।
प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउँदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए ।
उनले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताए । उनले कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउने बताए । कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउदै प्रधानमन्त्रीले सरकारले यसबारे कदम उठाइसकेको बताए ।
उनले आफुहरुले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउँदै सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारी ठगी गर्नेलाई कारवाही गर्ने बताउँदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।
















५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया