शुक्रबार, मंसिर ५, २०८२

कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

मेरोन्यूज २०८१ साउन ६ गते १७:४१

विराटनगर । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् ।

नाकबाट रगत बगेपछि आइतबार आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् । अहिले उनको अवस्था सामान्य भइसकेको बताइएको छ ।

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए ।

आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पनि अस्पताल पुगेका थिए ।

प्रतिक्रिया