शनिबार, पुष १९, २०८२

सिमलतालदेखि घुमाउने-केराबारीसम्म शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोजिंदै

मेरोन्यूज २०८१ साउन ८ गते ८:५२

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ ।

आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही त्रिशूलीमा हराएका बस र यात्रु खोज्न भारतीय टोली परिचालन लागिएको हो ।खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो ।

नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए ।

प्रतिक्रिया