नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ

सञ्जय मिश्रा रौतहट । नक्कली प्रहरी बनेर बाराको बिभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ बस्ने ४० बर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले साउन ७ गते सोमवार नक्कली प्रहरी बनेका अन्सारीलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
गत भदौ ३२ गते बेलुका ४ बजेको समयमा महागढिमाई नगरपालिका ८ जोलगाँवा बस्ने वर्ष ५५ को सिताराम राय यादवको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी दिनुस भनि भ्रममा पारी मोटरसाईकल लिएर फरार भएका थिए।
सोही मोटरसाईकल प्रयोग गरी जिल्लाको बिभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अन्सारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया