मुख्यमन्त्री आचार्यः विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त आचार्य राज्य पुनःसंरचनाअन्तर्गत सङ्घीयता बमोजिम स्थापना भएको लुम्बिनी प्रदेश सरकारको छैटौँ र विसं २०७९ मङ्सिरमा सम्पन्न प्रदेशसभा निर्वाचन पछिको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।
सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता साझेदारीका लागि गठबन्धन बनेपछि प्रदेश सरकारको पनि सत्ता समीकरण बदलिएको हो ।
सोही समीकरणका कारण लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको सरकार ढल्यो । त्यसपछि लुम्बिनी प्रदेश एमाले संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बने।
नवनियुक्त मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेश सदस्यको समर्थन छ । अर्घाखाँची निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्यले पिता टीकाराम र आमा तारादेवी आचार्यका माइलो सन्तानका रुपमा विसं २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क–९ अँधेरीमा जन्मेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । विसं २०३५ मा जिल्लाको सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर अध्ययन गर्दागर्दै विद्यार्थी राजनीतिमा होमिएका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए ।
त्यसपछि अनेरास्ववियुको जिल्ला सदस्य हुँदै बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष भए । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएका उनी विसं २०७८ मा पार्टी केन्द्रीय सदस्य बने । आचार्य हाल पार्टीको दाङ जिल्ला इञ्चार्जसमेत छन् ।
विसं २०७४ को प्रदेशसभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १(१) बाट दोस्रोपटक निर्वाचित उनी यसअघि लुम्बिनी प्रदेश सरकारको पहिलो मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछि एमाले नेता लीला गिरी नेतृत्वमा बनेको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्रीको जिम्मेवारीमा थिए।
यसअघि माओवादी नेता जोखबहादुर महरा नेतृत्वमा बनेको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा रहेका थिए।
क्यान्सर, मिर्गौलालगायत घातक रोग लागेर पनि निको हुनुभएका उनी विकासप्रेमी र हक्की स्वभावका नेताका रुपमा परिचित छन् ।

















मुस्ताङमा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया