पोखराका लागि उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई सौर्यको जहाज दुर्घटना : प्राधिकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ ।
क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटनामा परेको जनाएको छ ।
‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०३४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे-७ (९एन-एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो,’ विज्ञप्तिमा भनिएको छ।
दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको भन्दै प्राधिकरणले उपचारका लागि उनलाई केएमसी शिक्षण अस्पताल अस्पताल पठाइएको जनाएको छ ।














कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया