ट्राफिक कारबाहीबाट १७ करोड राजस्व संकलन

विराटनगर। कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल रु १७ करोड ३१ लाख १५ हजार राजस्व संकलन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।
उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। उनका अनुसार आव २०७९/८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए ।
उक्त कारबाहीबाट रु १८ करोड एक लाख ५९ राजस्व सङ्कलन भएको थियो । सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारावहीमा परेका थिए ।
तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए ।











समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया