डेंगुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

किमाथाङ्का (सङ्खुवासभा) । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।
साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।’
जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए । उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेंगुका २७ जना बिरामी भेटिएका छन् ।
गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।
भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए ।
विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् ।
















एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया