‘लाल सिंह चड्डा’ फ्लप हुँदा आमिरले किन दिए पार्टी ?

काठमाडौं । फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनेता आमिर खानले पार्टी दिएको खुलेको छ । चलचित्रमा काम गरेकी अभिनेत्री मोना सिंहले यसबारे बताएकी हुन् ।
एक शोमा अन्तरवार्ता दिन पुगेकी मोनाले ‘लाल सिंह चड्डा’को फ्लपको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्, ‘अवश्य पनि नराम्रो लाग्यो कि हामीले यति दिनसम्म सुटिङ गर्यौं, यति राम्रो इमेज बनेको थियो तर सिनेमाघरमा त्यति प्रतिक्रिया पाएनौं ।’
अभिनेत्रीले फिल्म फ्लप हुँदा निराश भएतापनि टिमको मेहनत देखेर आमिरले पार्टी आयोजना गरेको बताइन् । टिमको मिहिनेत देखेर फिल्म फ्लप भए पनि पार्टी गर्न सक्ने एक मात्र अभिनेता आमिर हुन् ।’
‘लाल सिंह चड्ढा’ ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज भएको थियो। फिल्मले ३ हजार स्क्रिन पाएको थियो । तर, बक्स अफिसमा खराब प्रदर्शनपछि फिल्मका धेरै शो रद्द भए। फिल्मे मुख्य भूमिकामा आमिर बाहेक करिना कपुर र मोना सिंह पनि थिए ।
१८० करोड भारु बजेटमा बनेको यो फिल्मले विश्वव्यापी बक्स अफिसमा १३० करोड मात्र कमाउन सक्यो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया