घट्टेखोला किनारको सडक बाढीले बगाउन थाल्यो

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णबाट वडा नं २ को पाखाथोक जाने घट्टेखोला किनारको सडक बाढीले बगाउन थालेको छ । तीन वर्षअघि उपभोक्ता समितिले खोलाको किनारमा पर्खाल लगाएर निर्माण गरेको सडक बिहीबार राति वर्षासँगै आएको बाढीले भत्काएको हो ।
सडक खोलाले भत्काउन थालेपछि यहाँबाट यात्रा जोखिमपूर्ण बन्दै गएको स्थानीय विजय कर्माचार्यले बताए । धेरै विद्यालयका सवारीसाधन आवागमन हुने यो खण्ड बन्द भए विद्यार्थीलाई अप्ठ्यारो हुने उनको भनाइ छ ।
गोकर्णेश्वर–३ का प्राविधिकसमेत रहेका कर्माचार्यले पर्खाल बनाउन प्रयोग गरिएका ढुङ्गा बगाउन नपाओस् भनेर रोकथामका लागि पहल थालिएको बताए ।
सडक जोखिममा परेपछि आज बिहान नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले स्थलगत निरीक्षण गरेका छन् । धेरै स्थानीयवासीले प्रयोग गर्ने सडक भएकाले तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिए ।
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया