शनिबार, वैशाख २६, २०८३

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे

मेरोन्यूज २०८१ साउन ११ गते १८:२४

काठमाडौं। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन्। आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ।

Advertisement
NiccNicc

विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले आज शव बुझेको जनाइएको छ। बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन्।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया