शुक्रबार, पुष १८, २०८२

प्रचण्डले खोजीखोजी हटाएका, ओलीले खोजी खोजी संरक्षण गरेका गणेश

मेरोन्यूज २०८१ साउन ११ गते २१:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फरक क्षमता भएका गणेश राईलाई सचिवालयमा पुनः नियुक्त गरेका छन् । आधा हातले कम्प्युटर चलाउन सक्ने क्षमता भएका राईलाई प्रधानमन्त्री ओलीले कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

एमालेका नेता विशाल भट्टराईका अनुसार यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले उनको फरक क्षमता देखेपछि सचिवालयमा जागिर दिएका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर पाएका राईलाई ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर प्रदान गरेका हुन् ।

खोटाङ काहुले घर भएका राई जन्मजान नै अपाङ्गता भएका व्यक्ति हुन । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन ।

प्रचण्ड प्रधानमन्त्री भएपछि गणेशको हातमुख जोड्ने बाटो हरायो ।उनी जागिरबाट निकालीए , फेरि ओलिको पुनरागमनपछि गणेशले जागिर पाए । फेरि ओली प्रधानमन्त्रीबाट बाहिरिएसँगै दोश्रोपटक प्रचण्डले गणेशलाई हटाइएको थियो ।

प्रतिक्रिया