गोरखा पहिरोका घाइतेलाई काठमाडौं लगियो

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको उनले बताए ।
स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुवा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार छन् ।
जीतबहादुरले सञ्चालन गर्दै आएको कृषि फार्म र नजिकैको एउटा घर शनिबार राति (आइतबार बिहान) करिब ३ बजे पहिरो खस्दा बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उद्धारका निम्ति जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया