सोमबार, पुष २८, २०८२

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक जारी 

मेरोन्यूज २०८१ साउन १४ गते ९:१८

काठमाडौं ।  संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ । संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी छन् ।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा छन् ।

त्यसका साथै आजको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी र महान्याधिवक्ता रमेश बडाल लगायतको सहभागिता छ ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल गरेको थियो ।

उक्त बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । सो सम्वन्धमा कानून मन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि सोमबारको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरुको सहभागिता भएको छ ।

प्रतिक्रिया