शनिबार, पुष ५, २०८२

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

मेरोन्यूज २०८१ साउन १४ गते १०:०१

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेकोे हो ।

रिम्नावासी भावना रानाले भन्नुभयो,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।”

भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताउनुभयो । उनले भने, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।”

प्रतिक्रिया