पोखरा स्कुल बस दुर्घटना : आमाको मृत्युपछि छोराको पनि मृत्यु
मेरोन्यूज
२०८१ साउन १४ गते १२:४९

पोखरा । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा २१ को गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकाेमा डाक्टरले आमालाई ९:४१ बजे मृत घोषणा गरेको थियाे । त्यसकाे केहिबेरमै छोराकाे पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर अन्य २८ जना घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया