सुत्केरीलाई भाले उपहार
मेरोन्यूज
२०८१ साउन १४ गते २१:५९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । आजदेखि सुत्केरीलाई भाले वितरण सुरु गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए । उनले आज दुई जना सुत्केरीलाई भाले उपहार दिएर कार्यक्रमको औपचारिक सुरुआत गरेका छन्।
हस्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताए । “आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि हामीले सन्देश दिन भाले वितरण थालेका हौँ”, उनले भने ।
गर्भवती हुँदा नियमित आठ पटक स्वास्थ्य जाँच गराउनु पर्ने, अस्पतालमै बच्चा जन्माउनु पर्ने, आमाको उमेर २० वर्ष पुगेको हुनुपर्ने सन्देश दिन पनि यो कार्यक्रम सुरुआत गरिएको वडाध्यक्ष रावतको भनाइ छ । यी कार्य नगरेमा यो सुविधा उपलब्ध नहुने उनले बताए । भाले वितरण कार्यक्रमका लागि वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया