‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन ४० दिनमा प्याकअप

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् ।
ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।
यो फिल्ममा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वायम् केसी आदिको अभिनय रहेको छ ।
फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद लेखन छ ।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको निर्माण रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । यसले गन्धर्व परिवारको कथा उठाएको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया