प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ : लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रुपमै फैलिएको बताएका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको उनले बताए ।
उनले मानव बेचबिखनलाई साझा दुश्मनका रुपमा लिएर काम गर्नुपर्ने बताउँदै भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँ निर्मम हुनुपर्छ ।’
शून्य सहनशीलता अपनाएर सरकारले मानव बेचबिखनविरुद्धको अभियानमा पूरा साथ दिने प्रतिबद्धता जनाए ।
‘मानव बेचबिखनविरुद्धको लडाइँमा प्रहरीले मात्रै, होइन सबै लाग्नुपर्छ’, उनले भने, ‘नागरिकमा जनचेतना फैलाउन आवश्यक छ । यसमा विद्यार्थी र शिक्षकले काम गरिदिनुपर्यो ।’
उनले मानव बेचबिखनविरुद्ध पालिकाहरूले पनि साथ दिनुपर्ने बताए । ‘प्रहरी घरघरमा पग्न सक्दैन । मानव बेचबिखनविरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ’, उनले भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँमा केही वर्षभित्रै सकरात्मक परिणाम देखिन्छ । मानव बेचबिखनको अपराधको अनुसन्धानका लागि ३ महिना तोक्न कानुन संशोधन गर्नुपर्छ । अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त हुँदैन ।’
मानव बेचबिखन अपराधको अनुसन्धानको समय ३ महिना बनाउन गृह मन्त्रालयले कानुन संशोधनका लागि पहल गर्ने वचन पनि उनले प्रहरीलाई दिएका छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया