प्रहरी घर-घरमा पुग्न सक्दैन, पालिकाहरूले पनि सघाउनु पर्छ : लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रुपमै फैलिएको बताएका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको उनले बताए ।
उनले मानव बेचबिखनलाई साझा दुश्मनका रुपमा लिएर काम गर्नुपर्ने बताउँदै भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँ निर्मम हुनुपर्छ ।’
शून्य सहनशीलता अपनाएर सरकारले मानव बेचबिखनविरुद्धको अभियानमा पूरा साथ दिने प्रतिबद्धता जनाए ।
‘मानव बेचबिखनविरुद्धको लडाइँमा प्रहरीले मात्रै, होइन सबै लाग्नुपर्छ’, उनले भने, ‘नागरिकमा जनचेतना फैलाउन आवश्यक छ । यसमा विद्यार्थी र शिक्षकले काम गरिदिनुपर्यो ।’
उनले मानव बेचबिखनविरुद्ध पालिकाहरूले पनि साथ दिनुपर्ने बताए । ‘प्रहरी घरघरमा पग्न सक्दैन । मानव बेचबिखनविरुद्ध पालिकाले पनि काम गरिदिनुपर्छ’, उनले भने, ‘मानव बेचबिखनविरुद्धको लडाइँमा केही वर्षभित्रै सकरात्मक परिणाम देखिन्छ । मानव बेचबिखनको अपराधको अनुसन्धानका लागि ३ महिना तोक्न कानुन संशोधन गर्नुपर्छ । अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त हुँदैन ।’
मानव बेचबिखन अपराधको अनुसन्धानको समय ३ महिना बनाउन गृह मन्त्रालयले कानुन संशोधनका लागि पहल गर्ने वचन पनि उनले प्रहरीलाई दिएका छन् ।













स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया