महिला आन्दोलनको सहखोजी पुस्तक सार्वजनिक

काठमाडौं । महिला आन्दोलनको सहखोजी पुस्तक सार्वजनिक भएको छ। आज काठमाडौंमा भएको एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरिएको हो।
त्रिभुवन विश्वविद्यालय लैङ्गीक अध्ययन विभागसँगको सहकार्यमा द स्टोरी किचेनले यो पुस्तक प्रकाशन गरेको हो।
पुस्तकमा विभिन्न विषयमा गहिरो खोज र अनुसन्धान गरी लेखिएका २२ वटा आलेख संग्रहित छन्।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय लैङ्गीक अध्ययन विभागका प्रमुख डा. सुदीप सिंह नकर्मीले महिला आन्दोलनसँग सम्बन्धीत अनुसन्धानात्मक लेखहरू पर्याप्त नपाइने भएका कारण विभागले पुस्तक प्रकाशनमा सहकार्य गरेको बताए।
उनले महिलाद्धारा महिलाकै इतिहासको खोजी गरी तयार गरिएको यो पुस्तक नयाँ दृष्टिकोणका साथ मानविकी तथा समाजविज्ञानको ज्ञान आर्जन गर्न चाहने पाठकका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
पितृसत्तात्मक प्रभुत्वबाट निर्देशित एकपक्षीय ज्ञान निर्माण र प्रसारको विभेदकारी प्रचलनलाई तोड्ने अभिप्रायमा लैङ्गीक अध्ययन विभागको महत्वपूर्ण भूमीका रहँदै आएको र आगामी दिनमा पनि रहने भन्दै उनले यस सङ्ग्रह लैङ्गीक अध्ययन विभागका लागि मात्र नभएर अन्य विश्वविद्यालय र विभिन्न संकाय तथा आमपाठकका लागि पनि पठनीय रहेको बताए।
नेपाली महिलाले राणाशासनको विरोधदेखी पञ्चायती व्यवस्था अन्त्यको लागि अग्रपङ्क्तिमै रहेर लडेको इतिहास रहेको भन्दै नकर्मीले प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्र ल्याउनका लागि महिला र महिलाभित्रका दलित, जनजाति, मधेसी, अपाङ्गता भएका विविध महिलाहरूको सहभागिता, नेतृत्व र योगदान महत्वपूर्ण रहेको स्मरण गरे। पछिको पुस्ताले खोज्दा र हेर्दा देखिने गरी ती महिलाको इतिहास जगेर्ना गर्नु जरुरी रहेको उनको भनाइ छ।
लैङ्गीक अध्ययन विभागका पूर्व प्रमुख प्रा.डा. विन्दु पोखरेलले पुस्तकमा सङ्ग्रहित आलेखमा महिलाको विविधतालाई ख्याल गर्दै फरक फरक तरिकाबाट अनुसन्धान गरिएको भन्दै यस सामग्रीले देशका विभिन्न समुदाय र क्षेत्रमा रहेका महिलाका वास्तविक जीवन भोगाइका अंशलाई तथ्यपरक ढङ्ले अगाडि सारेको बताइन्।
महिलावादी अनुसन्धान पद्धतिले ज्ञान निर्माणको मात्र नभइ त्यसको प्रयोगको कुरा पनि गरेको पोखरेलको भनाइ छ।
समाजशास्त्री डाक्टर मीना पौडेलले पुस्तकमा सङ्ग्रहित अनुसन्धानात्मक २२ आलेख पढ्दा महिलाले राजनीतिक परिवर्तन, सामाजिक–साँस्कृतिक रुपान्त्रण, आर्थिक वृद्धि र समग्र समाजको अग्रगमनका लागि तय भएका सबै मोर्चामा आ–आफ्नो तप्काबाट योगदान दिएपनि महिलाको योगदानलाई सम्बन्धित तप्काबाट सहकार्य नभइ सहायक भूमीकाका रुपमा राखिएको बताइन्।
महिलाको बौद्धिकतालाई गौण ठान्दै पुरुषत्वको दृष्टिले मात्रै इतिहास लेखिएको भन्दै उनले पुरुषकेन्द्रित सोचलाई मात्र सार्वजनिक ज्ञानको भण्डार मान्ने क्रम अझै जारी रहेको बताइन्।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, पूर्व मन्त्री हिसिला यमी लगायतले मन्तव्य राखेका थिए।
पुस्तकमा देशका विभिन्न क्षेत्रमा रहेर अनुसन्धान तथा पत्रकारितामा क्रियाशिल २२ जना महिलाले अनुसन्धान गरी तयार पारेका आलेख समेटिएको छ।
















Gold, silver prices increase
झापामा ट्याक्टर दुर्घटना हुँदा किशोरको मृत्यु
जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा
प्रहरी कार्यालयको अधुरो भवन पूरा गर्न रकम प्रदान गर्ने कर्णाली मन्त्रिपरिषद्को निर्णय
Thailand votes in early election with 3 main parties vying for power
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया