शुक्रबार, वैशाख २५, २०८३

काठमाडौँ उपत्यकाका नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

मेरोन्यूज २०८१ साउन १६ गते ६:३९

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ। राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको छ। 

Advertisement
NiccNicc

भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ । 

प्रतिक्रिया